Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.8K
    Shares

    • images
    आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य  प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो ।

    ७०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेर कारोबारमा आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १४ सय रुपैयाँ कायम थियो ।

    प्रकाशित मिति :माघ ४ २०८० बिहिवार - ११:३३:३७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij