Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्छ : पदाधिकारी हटाउने निर्णय विधानविपरीत

गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्छ : पदाधिकारी हटाउने निर्णय विधानविपरीत


  • 4.6K
    Shares

    गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्छ : पदाधिकारी हटाउने निर्णय विधानविपरीत

    काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउने निर्णय विधानविपरीत भएको बताएको छ ।

    अभियानका सचिव बाबुराम थापाले ओलीको यो निर्णय पार्टीका सम्पूर्ण कार्यकर्ताको मर्म र भावनाविपरीत भएको बताए । 

    ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवौं महाधिवेशनबाट पारित विधानविपरीत स्वेच्छाचारी ढंगले पदाधिकारी हटाउने निर्णय गरेको बाहिर आएको छ । यसले सम्पूर्ण पार्टी कार्यकर्ताको मर्म र भावनामाथि प्रहार भएको छ,’ सचिव थापाले भने, ‘पद्दतीविपरीत काम भएको छ । त्यसलाई सच्याउनु पर्छ र पार्टीलाई अझैपनि एमालेभित्रको एकतालाई हार्दिकताका साथ अगाडि बढाउनु पर्छ भनेर हामीले भनिरहेका छौ ।’

    ओलीको निर्णयबाट नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह असन्तुष्ट बनेको छ । ओली र असन्तुष्ट समूहलाई छलफल र सम्वादमार्फत नजिक्याउन अभियानका संयोजक उपाध्यक्ष गौतम लागिरहेको सचिवा थापाले बताए । 

    थापाले दुवै पक्षसँग गौतम निरन्तर छलफलमा रहेको पनि बताए । गौतम ओलीको पदाधिकारी बर्खास्त गर्ने निर्णयमा असन्तुष्ट छन् । महाधिवेशन जितेर आएकालाई अध्यक्षले हटाउन नसक्ने धारणा गौतमले राख्दै आएका छन् । 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij