Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक


  • 5.1K
    Shares

    पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

    हिजो बसेको स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो। भोलिका लागि बोलाइएको राष्ट्रिय भेला भने  स्थगित गरिएको छ।

    आजको बैठकले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्पष्टीकरणसहित मूल पार्टीमा नफर्के कारवाही गर्ने भएको छ । हिजोको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम दिएर सरकारमा सहभागी ६ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त समय आज सकिँदैछ ।

    आजसम्म नफर्के कारवाही गर्ने माओवादीको तयारी छ । गृहमन्त्री राम बहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकूदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । 

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना मन्त्रीसहित २३ माओवादी नेतालाई शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । 

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij