Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रुसी युक्रेन युद्ध : तीनपटक 'कूटनीतिक नोट' पठाइयो, पठाएन नेपालीको शव 

रुसी युक्रेन युद्ध : तीनपटक 'कूटनीतिक नोट' पठाइयो, पठाएन नेपालीको शव 


  • 2.3K
    Shares

    रुसी युक्रेन युद्ध : तीनपटक 'कूटनीतिक नोट' पठाइयो, पठाएन नेपालीको शव 

    काठमाडौं ।  नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।

    'हामीले पटक पटक नेपालीको शव पठाउन अनुरोध गयौं तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन', परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।' एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो ।

    यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय 'अस्तु पठाइदेऊ' भनेका छौं तर जवाफ अझै आएको छैन । रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनुसार सद्गत गर्ने कुरा उल्लेख भएकोहुन्छ । सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीको शव नेपाल पठाउन इन्कार गरेको हो ।

    गत असारदेखि रुसमा मारिएका नेपालीको शव नेपालले ल्याउन सकेको छैन । रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १० जना नेपालीको रुस-युक्रेन युद्धमा मृत्यु भइसकेको छ । गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

     

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - ०७:१६:०४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij