Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ


  • 4.9K
    Shares

    कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ ।

    शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्नुहुँदै उहाँले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताउनुभयो ।

    उहाँले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्नुहुँदै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । अब ट्रायल दिइसकेपछि शुल्कको व्यवस्था गरेर सुलभ र सहज ढङ्गले अनुमतिपत्र दिने काममा सरकारले तदारुकता देखाउने उहाँले बताउनुभयो । व्यवसायीले हेभी इक्विपमेन्ट नेपालमा ल्याइसकेपछि त्यसको प्रयोग र सञ्चालनको विधि के हो भन्ने विषयमा सरकारले नियमन र व्यवस्थापन गर्ने कुरामा सोच्ने उहाँले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जनप्रतिनिधिले आफ्ना नाता पर्नेका नाममा हेभी इक्विपमेन्ट खरिद गरेर व्यवसायी विस्थापित हुने अवस्था भएकाले त्यसतर्फ महासङ्घले ध्यान दिन आवश्यक भएको बताउनुभयो । 

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले हेभी इक्विपमेन्ट व्यवसायीलाई सरकारले नहेरेको बताउँदै राष्ट्र विकासको परिपूरकका रूपमा रहेको व्यवसाय बढी जोखिम लिने क्षेत्र भएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाल यातायात व्यवसायी महासङ्घका सल्लाहकार रमेश शर्माले व्यवसायीले योजना बनाएर अगाडि बढ्नुपर्ने भएकाले प्रविधिमैत्री बन्न सुझाव दिनुभयो ।

    महासङ्घ अध्यक्षमा श्रेष्ठ

    नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा कणिन्द्र भट्ट, सचिवद्वयमा महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित हुनुुभएको छ ।

    त्यस्तै प्रदेश नं १ को संयोजकमा धर्मेन्द्र श्रेष्ठ, प्रदेश नं २ को संयोजकमा दुर्गानन्दप्रसाद साह, वाग्मती प्रदेशको संयोजकमा उत्तम विष्ट, गण्डकी प्रदेशको संयोजकमा नीलकण्ठ पोखरेल, लुम्बिनी प्रदेशको संयोजकमा चक्रपाणि शर्मा, कर्णाली प्रदेशको संयोजकमा मदनबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

    सुदूरपश्चिम प्रदेश संयोजक भने पछि छनोट गर्ने महासङ्घले जनाएको छ । त्यसैगरी सदस्यमा शेरबहादुर कुँवर, मोहनदेव नाथ, हर्कबहादुर श्रेष्ठ, ऐनबहादुर रावत, महेश भट्ट, दीपेन्द्रकुमार यादव, बालकृष्ण कोइरालालगायत ३३ सदस्य निर्वाचिन हुनुभएको छ । रासस

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:१३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij