Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा

टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा


  • 10.6K
    Shares

    टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा
    images

    उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् ।

    निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।

    पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौँका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयम् आयोजनाले स्वीकारेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ०७:२९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij