Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उता गृहमन्त्री थापाले एमाले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै गर्दा ओली यता यसरी कुर्लिए

उता गृहमन्त्री थापाले एमाले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै गर्दा ओली यता यसरी कुर्लिए


  • 9.7K
    Shares

    उता गृहमन्त्री थापाले एमाले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै गर्दा ओली यता यसरी कुर्लिए
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।
     
    अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।
     
    ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।
     
    उता,गृहमन्त्री रामबहादुर थापाले नेकपा एमाले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका छन्। थापाले शनिबार वागमती प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका हुन् ।
     
    उनलाई शुक्रबार एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका थियो । गृहमन्त्री थापा माओवादीबाट नेकपामा थिए । पुराना दल पुन:र्स्थाना भएपछि उनी एमालेमै बसिरहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - १५:३६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij