Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओलीले ठक्कर दिएपछि उल्टै ओलीलाई नै टक्कर दिन माधवले बोलाए बैठक,कसरी पेल्दैछन् ?

ओलीले ठक्कर दिएपछि उल्टै ओलीलाई नै टक्कर दिन माधवले बोलाए बैठक,कसरी पेल्दैछन् ?


  • 10.0K
    Shares

    ओलीले ठक्कर दिएपछि उल्टै ओलीलाई नै टक्कर दिन माधवले बोलाए बैठक,कसरी पेल्दैछन् ?

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बस्ने बैठकमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कमिटी पुनर्गठन तथा विस्तार र महाधिवेशनको मिति तोकिएको बारे छलफल हुने बताइएको छ ।

    शुक्रबार साँझ बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक तय गरेको हो । माधव नेपाल पक्षले शुक्रबारै अध्यक्ष ओलीलाई टक्कर दिन पार्टीको समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ ।

    नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद बढेको छ ।

    नेपाल पक्षले अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०९:३२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij