Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट


  • 2.4K
    Shares

    ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशतसम्म छुट

    ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

    बैंकले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई यही पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ।

    यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ।

    यो क्यासब्याक योजना पुस १७ गते देखि २३ गतेसम्म लागू हुने बैंकले जनाएको छ।

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - १९:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij