Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८० पुस ९ गते (सोमवार)

आजको राशिफल : २०८० पुस ९ गते (सोमवार)


  • 6.4K
    Shares

    आजको राशिफल : २०८० पुस ९ गते (सोमवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    परिवारबाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    काम गर्न अप्ठ्यारो महशुस हुनेछ । मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । आफन्तसँग मनमुटाब बढ्नेछ । रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    नतिजा अरुकै पोल्टोमा पर्नेछ । खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - ०७:०६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij