Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ग्लोबल आईएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आईएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • 2.5K
    Shares

    ग्लोबल आईएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ।

    उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको बैंकले जनाएको छ। यही पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ।  

    शिविरमा स्त्रीरोग विज्ञहरूबाट स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ। यस अन्तर्गत, बैंकले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो।

    यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा यही पुस महिनामा शिविरहरु सञ्चालन गर्ने जनाएको छ। जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पाल्पा  स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा  पुस १८ गते बुधबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ।

    त्यस्तै, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ गते शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ।

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।

    ग्लोबल आईएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

    प्रकाशित मिति :पौष ८ २०८० आइतवार - २१:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij