२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनआईसी एशिया बैंक डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवामा उत्कृष्ट बनेको छ ।
‘डिजिटल फर्ष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धनमा अग्रसर रहेको बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ समेत प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिसा लिडरशीप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंक सम्मानित भएको हो ।
बैंकले अन्तर्राष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरूबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । यो सेवाबाट बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, ह्यान्डीक्राफ्ट तथा अन्य व्यावसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु (भीएएस) उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको हो ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६६६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवम् ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij