Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

 दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी ४५ वर्षीय एक नेपालीको मृत्यु

 दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी ४५ वर्षीय एक नेपालीको मृत्यु


  • 5.6K
    Shares

     दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी  ४५ वर्षीय  एक नेपालीको मृत्यु
    images

    काठमाडौँ।  दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् । 

    दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । 

    अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए । 

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - ११:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij