Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल आयाल निगमले जारी गरेको सूचना

नेपाल आयाल निगमले जारी गरेको सूचना


  • 953
    Shares

    नेपाल आयाल निगमले जारी गरेको सूचना

    नेपाल आयाल निगमले जारी गरेको सूचना

    एल.पी ग्याँस अत्यन्तै प्रज्वलनशिल

    पेट्रोलियम पदार्थ भएकाले यसको प्रयोगमा पर्याप्त सतर्कता एवं सावधानी अपनाउनु जरुरी हुन्छ । त्यसैले खाना पकाउने ग्याँसको चुहावटले हुने दुर्घटनाबाट बच्न देहायका कुरामा विशेष ध्यान पुऱ्याउन सम्पूर्ण उपभोक्तावर्गमा नेपाल आयल निगम अनुरोध गर्दछ ।

    दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरूः

    १. सिलिण्डर ल्याउदा लैजादा नगुडाऔं । भान्सामा सिलिण्डर सँधै ठाडो राखी प्रयोग गरौं । सुताएर, घोप्टाएर प्रयोग नगरौं ।

    २. रेगुलेटर, रवर, पाइप, चुलोजस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गरौ । साथै हरेक दुई वर्षमा ग्याँसको पाइप फेरौ ।

    ३. काम सकेपछि सँधै रेगुलेटर बन्द गर्न नबिसौं।

    ४. खाना पकाउदा सधै झ्‌याल ढोका खुल्ला राखौं र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौ ।

    ग्याँस चुहावट भएमा ध्यान दिनुपर्ने कुराहरूः 

    १. खाना पकाउने स्थानमा एल।पि। ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्याँस चुहिएको भन्ने बुझ्नु पर्दछ। ग्याँस लिक भएमा पहिले रेगुलेटरको र पछि चुल्होको नव बन्द गरौ।

    २. झ्याल ढोका खुल्ला राखौ र झिल्का निस्कने बस्तुहरु जस्तै ग्याँस चुल्हो, सलाई, लाइंटर, धूप आदि नबालौ । विद्युतजन्य उपकरणको प्रयोग नगरौ।

    ३. ग्याँस लिक भएमा रेगुलेटरलाई सिलिण्डरबाट छुटाई सिलिण्डरमा सेफ्टी क्याप लगाइ बाहिर खुल्ला स्थानमा राखौ र यथाशिघ्र नजिकको ग्याँस विक्रेता अथवा ग्याँस उद्योगमा सम्पर्क गरौँ ।

    सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो।
    उपभोक्ता जनहितका लागि जारी

    नेपाल आयल निगम लि.
    केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १६:३६:५६ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij