२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नुवाकोटको बिदुर नगरपालिका-४ स्थित नेपाली सेनाको जबरजंग गणमा कार्यरत एकजना हवलदारको करेन्ट लागेर ज्यान गएको छ।
करेन्ट लागेर रामेछाप घर भई जबरजंग गणमा कार्यरत नेपाली सेनाका हवल्दार ३८ वर्षीय रामकुमार कार्कीको निधन भएको हो।
सेनाको कम्पाउण्डभित्र रहेको बिजुलीको तारमा छोएको बाँसलाई समात्रदा करेन्ट लागेका उनलाई उपचारर्थ नुवाकोट अस्पताल लगिए पनि उनको निधन भइसकेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij