Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भूकम्प पीडितलाई अस्थायी आवासको लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

भूकम्प पीडितलाई अस्थायी आवासको लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा


  • 4.6K
    Shares

    भूकम्प पीडितलाई अस्थायी आवासको लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

    उनले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे । उनले मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको प्रस्ट पारे ।

    ‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन्,’ उनले भने, ‘३/४ जना त कालगतिले मरेको भनिएको छ, मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’

    अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले प्रस्ट पारे ।  

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - १६:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij