Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

सानिमा रिलायन्स लाइफले सार्वजनिक गर्यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण 

सानिमा रिलायन्स लाइफले सार्वजनिक गर्यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण 


  • 2.1K
    Shares

    सानिमा रिलायन्स लाइफले सार्वजनिक गर्यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण 
    images

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    यो वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १२८.३८ प्रतिशतले वृद्धि हुँदै ११ करोड ८ लाख पुगेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिमा नाफा ४ करोड ८५ लाख रुपैयाँ मात्र थियो ।

    प्रकाशित तथ्यांक अनुसार ३ महिनाको अवधिमा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १६०.१६ प्रतिशतले वृद्धि भएको  देखिन्छ।

    त्यस्तै कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत यो आर्थिक वर्षको तीन महिनाको अवधिमा १५ करोड १२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ७ करोड २० लाख खर्च गरेको थियो ।

    ४ अर्ब १८ करोड चुक्ता पुँजी भएको कम्पनीले संचित मुनाफामा ८२ करोड ४६ लाख संचित गरेको छ ।  जीवन बीमा कोष असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ८२ करोड पुगेको छ।अघिल्लो आ.व. को असार मसान्तमा जीवन बीमा कोष १० अर्ब ९१ करोड थियो ।

    प्रकाशित मिति :मंसिर १ २०८० शुक्रवार - ०३:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij