२०८२ माघ १२ गते सोमवार
सुदूरपश्चिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा बोर्ड र नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो । आज बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो ।
ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको थियो भने अध्यक्षमा कर्णबहादुर थापाको नेमप्लेट राखिएको थियो ।
माधव समूह आएर उक्त नेमप्लेट हटाउने क्रममा विवाद हुँदा झडप भएको जनाइएको छ । नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भिम रावल र अध्यक्ष भानुभक्त जोशी रहेका थिए । झडप भएको स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij