२०८२ माघ १२ गते सोमवार
नेकपा एमाले केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन्
मोरङको पथरीशनिश्चरे नगरपालिका-१० जिरिखिम्तीका १९ वर्षीय सन्दिप भण्डारी पथरीशनिश्चरे नगरपालिका-२ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएका थिए । उक्त घटनामा संलग्न भएको भन्दै भण्डारीका परिवारले बाँस्कोटाविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
‘अनुसन्धानका लागि हामीले आज बास्कोटालाई नियन्त्रणमा लिएका छौँ,’ मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्र भन्न सक्ने अवस्था छ ।’ मृतक परिवारले २६ पुसमा ‘कर्तव्य ज्यान’ मुद्दामा नेता बाँस्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी परेको थियो ।
किटानी जाहेरी परेपछि प्रहरीले मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो । पक्राउ परेका नेता बाँस्कोटालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले ल्याएको छ । घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न परिवारले माग राख्दैका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij