Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

भाजपाको पासोमा कसरी परिन् ममता बनर्जी, किन गरिन् चण्डीपाठ ?

भाजपाको पासोमा कसरी परिन् ममता बनर्जी, किन गरिन् चण्डीपाठ ?


  • 9.3K
    Shares

    भाजपाको पासोमा कसरी परिन् ममता बनर्जी, किन गरिन् चण्डीपाठ ?

    ‘म ब्राह्मण हुँ, मसँग धर्मको कार्ड खेल्ने हैन । मलाई हिन्दू धर्म नसिकाऊ । ७०–३० (हिन्दू–मुस्लिम) अनुपातमा जनतालाई बाँड्न सहज छैन ।’

    भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीको यो बयानले भारतीय जनता पार्टी खुशी भएको हुनुपर्छ । 

    भाजपाले धर्मका आधारमा ध्रुवीकरण गरेर आगामी विधानसभा चुनावमा भोट बटुल्न खोजेको छ । ममताले चण्डीपाठ गरेर भाजपाको उक्त अभियानलाई नजानिँदो तरिकाले साथ दिएकी छन् । 

    भारतमा भाजपाले वामपन्थबाट उग्रदक्षिणपन्थतर्फ ओभरटोन विन्डोलाई सारेर विपक्षी दलहरूलाई समेत दक्षिणपन्थी मुद्दा उठाउन बाध्य पारिरहेको छ । 

    यसक्रममा कूचबिहारको एक सभामा गृहमन्त्री अमित शाहले चुनाव आउन लाग्दा ममताले पनि जय श्रीरामको नारा लगाउने भनी बयान दिएका थिए । 

    ममताले जय श्रीरामको नारा त लगाइनन् तर नन्दीग्राममा चण्डीपाठ गरिन् । उनले तीन मिनेटसम्म चण्डीपाठ गरेर आफू हिन्दू ब्राह्मण भएको परिचय दिइन् । बंगालमा शक्तिपूजा एकदमै महत्त्वपूर्ण मानिन्छ ।

    ममतालाई आफू हिन्दू भएको किन देखाउनुपरेको होला रु यस विषयमा प्रश्न गर्दा वरिष्ठ पत्रकार एनके सिंहले नवभारत टाइम्सको अन्लाइन संस्करणलाई बताए, ‘ममता र अमितको उस्तै आकलन छ । हिन्दू भोट एकातिर सोहोरियो भने आफूलाई फाइदा हुन्छ । भाजपाले हिन्दू भोटलाई अपील गर्दा त्यसलाई सन्तुलनमा ल्याउन हामी पनि उपस्थित छौं, हामीलाई छोडेर जानुपर्दैन भन्ने सन्देश ममता तथा तृणमूल कांग्रेसले दिन खोजेको हुनुपर्छ ।’

    अघिल्लो चुनावमा हिन्दू मुसलमानको इस्यु थिएन भन्ने विषयमा प्रश्न गर्दा सिंह भन्छन्, ‘हिन्दू कन्सोलिडेसन एउटा स्तरमा पुगेपछि धर्मनिरपेक्ष भनिनेहरू पनि यही सुरमा गीत गाउन बाध्य हुन्छन् । बंगालमा हिन्दू विरुद्ध मुसलमान कन्सोलिडेसन एकदम बलियो छ । त्यसैले भाजपा र ममता दुवैलाई हिन्दू भोटरलाई अपील गर्नु जरूरी छ । भाजपातिर सबै हिन्दू भोट नसोहोरियोस् भनी ममताले पनि हामी हिन्दू हौं, ब्राह्मण हौं भन्नुपरेको छ ।’

    अघिल्लो चुनावमा हिन्दू मुसलमान ध्रुवीकरण तीव्र थिएन तर यसपालि छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १४:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij