२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातावरणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको बैंकले जनाएको छ। बैंकले २०७७ सालमा बगैँचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।
बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न क्युआर कोडको व्यवस्था गरेको छ । महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij