२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौँमा 'सलिको गल्फ टुर्नामेन्ट २०२३' आयोजना गर्ने भएको छ । कम्पनीले विगतका बर्षहरूमाझैँ यस बर्ष पनि मंसिर १५ र १६ गते 'सलिको गल्फ टुर्नामेन्ट २०२३' आयोजना गर्ने भएको हो ।
टुर्नामेन्टमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समूहका खेलहरू आयोजना गराइने छ ।
गल्फ खेलमा रुची राख्ने खेलाडीहरूको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेलप्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूति गराउने उद्देश्यले खेलकुद प्रतियोगिताको आयोजना गरिन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।
विश्वमा अधिक रुचाइएको खेलमध्ये गल्फ पनि एक रहेको भएता पनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रूपमा हुन नसकेको परिप्रेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु-याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij