Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दीप बस्नेत जेलमा जाकिए पछि विजयकुमार गच्छादारको यसरी गयो सातो, किन भए 'फरार' ?

दीप बस्नेत जेलमा जाकिए पछि विजयकुमार गच्छादारको यसरी गयो सातो, किन भए 'फरार' ?


  • 7.5K
    Shares

    दीप बस्नेत जेलमा जाकिए पछि विजयकुमार गच्छादारको यसरी गयो सातो, किन भए 'फरार' ?

    काठमाडौ । दर्जन पटक मन्त्री भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षदेखि विशेष अदालतको भ्रष्टाचार मुद्दामा 'फरार' भएका छन् । म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको अदालतले जनाएको छ । गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार भएको विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन् । विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो ।   

    मोरङ जिल्ला अदालतमार्फत विशेषले म्याद तामेलीको पत्र पठाएको थियो। तर, हालसम्म म्याद तामेल भएर नआएको विशेष अदालतमा प्रवक्ता पाण्डेयले बताए। विशेषले प्रतिवादी बनाएकामध्ये ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका छन्। सुवेदी उक्त जग्गाको मुख्य बिचौलिया हुन्। उनले उक्त सरकारी जग्गा व्यक्तिको बनाउन लेखापढी व्यवसायीको रुपमा भूमिसुधार विभागदेखि मालपोत कार्यालयसम्म भूमिका खेलेका थिए। दिप बस्नेत जेलमा जाकिए पछि बिजय थप बेपत्ता बनेका हुन्।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij