Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

देउवा संग कानेखुसी गरेपछि प्रचण्डले होटलमा को-को संग पोखे दुखेसो ? भट्टराईले दिए यस्तो मेलोमेसो

देउवा संग कानेखुसी गरेपछि प्रचण्डले होटलमा को-को संग पोखे दुखेसो ? भट्टराईले दिए यस्तो मेलोमेसो


  • 5.8K
    Shares

    देउवा संग कानेखुसी गरेपछि प्रचण्डले होटलमा को-को संग पोखे दुखेसो ? भट्टराईले दिए यस्तो मेलोमेसो

    काठमाडौ । भारतीय सत्ता संग दर्बिलो सम्बन्ध भएको भनेर चिनिदै आएका महन्थ ठाकुर पछिल्लो राजनीतिक अबस्थामा एक किसिमले चर्चित बन्न थालेका छन्। 

    महन्थ ठाकुर र राजेन्द्र महतो पार्टी फुटाएरै भएपनि ओली सरकारलाई काँध हाल्न कस्सिएपछि सत्ता समीकरणमा नयाँ ट्वीस्ट शुरु पनि हुन्भ पुगेको छ । सरकारमा जान संविधान संशोधन र जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको जसपा अन्ततस् संविधान संशोधनको मुद्धा थाति राखेर र केही महिनाअगाडि जुटेको पार्टी फुटाएर सरकारमा जाने खतरा बढेको हो ।

    ठाकुर र महतोले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र डा।बाबुराम भट्टराईलगायतका नेताहरुलाई जानकारी नै नदिई ओलीसंग संवाद थालेपछि जसपामा शँकाको बादल मडारिएको छ । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेको जसपाका अधिकांश नेताहरु ओलीसंग सत्ता सहकार्य गर्ने ठाकुरको निर्णयको विरुद्धमा रहेका छन् । त्यसैले उपेन्द्र, भट्टराईलगायतका नेताहरु फरक निर्णय गरेर जाने तयारीमा रहेको बताइन्छ ।

    प्रधानमन्त्री ओली भने आफ्नो मिशनमा सफल हुँदै गएका संकेत मिल्न थालेका छन्  । महन्थ(राजेन्द्रसंगको सहकार्यलाई ओलीले एक तीरले दुई शिकार हुने विश्लेषण गरेको उहाँ निकट स्रोतले बताएको छ । भारतीय संस्थापन निकट भनेर चिनिएका ठाकुरसंग सहकार्य गर्दा भारत खुशी हुने र जसपा पनि फुटाउन सकिने प्रधानमन्त्री ओलीको बुझाइ रहेको बताइन्छ । मधेसमा गिरेको आफ्नो छवि माथि उठाउन पनि अरु मधेसवादीसंग भन्दा महन्थहरुसंगको सहकार्य प्रभावकारी हुने उहाँको विश्वास छ ।

    यसअघि उपेन्द्र यादव नेतृत्वको समाजवादीलाई फुटाउन गरिएको प्रयास असफल भएपछि यादवलाई हुर्मत लिएर सरकार छाड्न बाध्य पारिएको थियो । अहिले त्यसैको अर्को अध्याय शुरु भएको विश्लेषण हुन थालेको छ । भारतीय नाकाबन्दीविरुद्ध उभिएर राष्ट्रवादी छवि बनाएका  प्रधानमन्त्री ओलीले त्यहि नाकाबन्दीको समर्थनमा नाकामा धर्ना बसेका महन्थ र राजेन्द्रलाई यति धेरै महत्व दिनुका पछाडि आफ्नो सत्ता जोगाउने चाल मात्र नभई राजपा फुटाउने रणनीति पनि रहेको बताइन्छ ।

    यता,भारतीय लबीले काम गर्न थालेपछि मौन रहेको चिनियाँ पक्ष पनि खुल्न थालेको छ । चिनियाँ राजदूत हौ यान्छीले नयाँ परिस्थितिवारे बुझ्न एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसंग हिजो बेलुका भेटवार्ता गरेको बताइन्छ । त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईसंग भेटवार्ता गरेका थिए। 

    बूढानिलकण्ठमा देउवालाई भेटेर निस्किएका  अध्यक्ष प्रचण्ड महाराजगंज,नारायणगोपाल चोकस्थित साम्बाला होटलमा कसैलाई भेटेर भट्टराई भेट्न टोखा पुगेका थिए   । साम्बालामा प्रचण्डले को संग कानेखुसी गरे भन्ने अहिले सम्म खुलेको छैन।  तर श्रोतले भने त्यहा उनले चिनिया दुताबासका उच्च अधिकारी भेटेका थिए।

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij