Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला

अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला


  • 4.5K
    Shares

    अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला

    नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताउनुभएको छ ।

    बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राख्नुभयो ।

     “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उहाँले भन्नुभयो, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।”

    डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले कांग्रेसको १४ औंँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिनुभयो । रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - १२:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij