Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हाले बन्दी प्रत्यक्षीकरण रिट (निवेदनसहित)

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हाले बन्दी प्रत्यक्षीकरण रिट (निवेदनसहित)


  • 2.6K
    Shares

    दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हाले बन्दी प्रत्यक्षीकरण रिट (निवेदनसहित)

    काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

    प्रसाईंको मानव अधिकार रक्षाको माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रसाईं आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

    सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाएर फसाउनेसम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा उल्लेख छ । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुनेछ ।

    1_VKDXcHLsKe.jpg2_WdRlcH2CN8.jpg

     

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - १६:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij