Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुर्गा प्रसाईंका समर्थकलाई खोजीखोजी पक्राउ गर्दै प्रहरी

दुर्गा प्रसाईंका समर्थकलाई खोजीखोजी पक्राउ गर्दै प्रहरी


  • 3.1K
    Shares

    दुर्गा प्रसाईंका समर्थकलाई खोजीखोजी पक्राउ गर्दै प्रहरी

    सरकारले प्रदर्शन गर्न निषेध गरेको तीनकुने क्षेत्रमा पुग्ने दुर्गा प्रसाईं समर्थकलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

    तीनकुनेमा प्रसाईंको पक्षमा प्रदर्शन गर्न पुगेकाहरूलाई देख्नासाथ प्रहरीले पक्राउ गरेको हो।

    शुक्रबार बिहान ११ बजेपछि बाक्लो संख्यामा तैनाथ प्रहरीले सडक अवरुद्ध हुन नदिएको जनाएको छ। 

    गणतन्त्रविरोधी अभियानमा लागेका प्रसाईंका समर्थकका लागि प्रशासनले बल्खु क्षेत्रमा ठाउँ तोकिदिएको थियो। सोही अुनसार बिहीबार उपत्यकाका ८ स्थानबाट गएको र्‍याली बल्खुमा कोणसभामा परिणत भएको थियो। 

    व्यवस्था विरोधी आन्दोलनमा रहेका मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो। 

    अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ।

    बिहीबारको आन्दोलनमा ढुंगामुढा गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई भने मुद्दा चलाउने प्रहरीको तयारी छ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - १४:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij