२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै रहँदा परिसरमा बाक्लो संख्यामा परिचालन गरिएको हो ।
प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेले निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ र अवरोधको प्रयास भएको दाबी गरे ।
उनले अहिले निवासमै पत्रकार सम्मेलनको तयारी भएको भन्दै आफूहरुले थप धारणा सार्वजनिक गर्न लागेको बताए । प्रशासनले प्रसाईले तीनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको र जबरजस्ती गरे धरपकड हुने स्पष्ट पारिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij