Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, निर्वाचन आयोगको पत्र सचिवालयमा

एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, निर्वाचन आयोगको पत्र सचिवालयमा


  • 6.1K
    Shares

    एमाले र माओवादी केन्द्र आज पनि एउटै लहरमा, निर्वाचन आयोगको पत्र सचिवालयमा

    काठमाडौ । सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको सम्बन्धी निर्वाचन आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजे बस्दैछ ।

    निर्वाचन आयोगको पत्र संसद्मा पुगेपछि बुधवारदेखि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरू छुट्टा–छुट्टै रोमा बस्ने भएका छन् ।  माओवादी केन्द्र पश्चिमपट्टि छुट्ट्याइएको सत्तापक्षको बेञ्चमा बसेपनि छुट्टै रोमा बस्ने भएको छ ।

    फागुन २३ गते पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बसेको पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एउटै रोमा बसेका थिए । 

    संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले मंगलवारदेखि माओवादी केन्द्रको लागि छुट्टै रोको व्यवस्था गरिएको जानकारी दिए ।

    प्रतिनिधि सभाको बैठक कक्षमा ६ वटा रो रहेकोमा पूर्वपट्टिका २ वटा रो प्रतिपक्षका लागि र पश्चिमतर्फका ४ वटा रो सरकारसहित सत्तापक्षका लागि छुट्ट्याइएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - ११:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij