Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिंहदरबारको रेट्रोफिटिङ गरी बनाइएको नयाँ कार्यालयमा सरे प्रधानमन्त्री

सिंहदरबारको रेट्रोफिटिङ गरी बनाइएको नयाँ कार्यालयमा सरे प्रधानमन्त्री


  • 3.0K
    Shares

    सिंहदरबारको रेट्रोफिटिङ गरी बनाइएको नयाँ कार्यालयमा सरे प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो ।

    नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।  उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।

    उनले भने, ‘१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पुरा भएको छ । पहिलेको ठाउँमा बस्दा गुम्म परेको,  फ्रेस नहुने जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा बरन्डाहरू पनि हेर्न पाइने, स्पेस पनि ठुलो छ, त्यसैले अलि बढी फुर्छ होला भन्ने महसुस गरेको छु । अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ ।’ उनले पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाएकोमा सहरी विकास मन्त्री सीता गुरुङलाई आभार व्यक्त गरे भने पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

    प्रकाशित मिति :मंसिर ६ २०८० बुधवार - १५:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij