Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एक किलो नौ सय ७३ ग्राम कोकिनसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय महिला पक्राउ

एक किलो नौ सय ७३ ग्राम कोकिनसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय महिला पक्राउ


  • 3.2K
    Shares

    एक किलो नौ सय ७३ ग्राम कोकिनसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय महिला पक्राउ
    images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एक जना भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए । 

    उनका अनुसार ती महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज काठमाडौँ विमानस्थलमा ओर्लिएकी र काठमाडौँबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो । 

    पक्राउ परेकी निज महिलाका साथबाट लागु औषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर ५ २०८० मंगलवार - ११:३३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij