Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अख्तियारका प्रमुख आयुक्तको खास मान्छे भन्ने भेटवाललाई टंगाल बोलाएर अख्तियारले यसरी समात्यो 

अख्तियारका प्रमुख आयुक्तको खास मान्छे भन्ने भेटवाललाई टंगाल बोलाएर अख्तियारले यसरी समात्यो 


  • 10.3K
    Shares

    अख्तियारका प्रमुख आयुक्तको खास मान्छे भन्ने भेटवाललाई टंगाल बोलाएर अख्तियारले यसरी समात्यो 

    काठमाडौं । पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको स्वच्छन्द विकोइ विल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई वयानमा बोलाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नै परिसरभित्रबाट पक्राउ गरेको छ । उक्त टावर भेटवाल लगायतकाको हो। भेटवाल आफुलाई प्रधानमन्त्री ओली संगको नजिकको नातेदार भएको बताउंदै आएका छन्। 

    बैंकिङ ठगी काण्डमा वयानका लागि अख्तियार पुगेका उनलाई आयोग टोलीले पक्राउ गरेको हो । पत्रकार ऋषी धमलाका मामा ससुरा भेटवाल यस अघि आफ्नो अख्तियारका प्रमुख आयुक्त प्रेम राई संग राम्रो सम्बध भएको बताउदै आएका थिए। 

    कर्मचारीसमेतको मिलेमतोमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीबाट ५० लाख ऋण लिएर नतिरेको तथा भ्रष्टाचार गरेको काण्डमा आयोगले भेटवाललाई वयानका लागि बोलाएको थियो । वयानका लागि उनी आयोग पुगेका बेला त्यहींबाट पक्राउ गरिएको हो ।

    नौ वर्षअघि भएको ठगी काण्डमा आयोगले अनुसन्धान अघि बढाएको थियो । कर्मचारी, सेयरधनी, ऋणी लगायतका आरोपितहरूलाई वयानमा हाजिर हुन गत मंसिरमा नै सार्वजनिक सूचना जारी गरेको थियो ।

    यो कम्पनी अहिले अस्तित्वमा छैन । रोयलसहित अपि फाइनान्स र रारा डिभलपमेन्ट बैंक गाभिएर एपेक्स डिभलपमेन्ट बैंक बनेका थिए । एपेक्स पनि पनि एपेक्स नेपाल क्रेडिट एण्ड कमर्स ९एनसिसी० बैंकमा गाभिएको थियो ।

    कर्मचारीसमेतको मिलेमतोमा कमसल धितोमा ऋण प्रवाह गरेर एक अर्ब भन्दा बढी घोटाला भएको थियो । मर्चेन्टमा सरकारको समेत सेयर हिस्सा थियो ।

    यसअघि राजस्व छली गरेको अभियोगमा १५ साउन ०७६ मा राजस्व अनुसन्धान विभागले उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    159007706_436215021039775_8599712298237835096_n.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १६:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij