Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

निर्वाचन आयोगले पनि खारेज गर्यो नेकपा, एमाले र माओवादी केन्द्रले पाए मान्यता (निर्णयसहित)

निर्वाचन आयोगले पनि खारेज गर्यो नेकपा, एमाले र माओवादी केन्द्रले पाए मान्यता (निर्णयसहित)


  • 6.9K
    Shares

    निर्वाचन आयोगले पनि खारेज गर्यो नेकपा, एमाले र माओवादी केन्द्रले पाए मान्यता (निर्णयसहित)

    काठमाडौं । निर्वाचन आयोगले आयोगमा १४५ नम्बरमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले दल खारेजीको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई गराउने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    प्रवक्ता श्रेष्ठका अनुसार सर्वोच्च अदालतको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै कायम रहेको जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का अध्यक्ष ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई दिने निर्णय पनि आयोगले गरेको छ । 

    दुई दल मिलेर नेकपा बनेपछि दर्ता भएका अध्यक्ष गोपाल किराँती रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का अध्यक्ष सन्ध्या तिवारीलाई १५ दिनभित्र नयाँ नामसहित उपस्थित हुन जानकारी गराउने निर्णय पनि आयोगले गरेको छ ।

    यस्तो छ आयोगको निर्णय

    ec1_zOW1RMU3kk.jpg

    ec2_fY5xcP1y9y.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १६:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij