२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद् सञ्चालन, सरकार र राजनीतिक प्रक्रिया अघि बढाउने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आवश्यक परे नेकपा एमालेसँग पनि छलफल गर्ने उनले बताए ।
सर्वोच्च अदातलतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको फैसलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रको पहिलो बैठक बसेको हो । कांग्रेस र जसपा संग च्याखे थापेर प्रचण्ड फेरि राजनितीको मियो बन्ने ध्याउन्नमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij