२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । मेरिना इम्पेक्सले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । जसअनुसार मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो ।
मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायीत्व अन्तर्गत खेलाडीलाई हौसला मिलोस् भन्ने उद्धेश्यले सहकार्यको हात अगाडी बढाएको जानकारी दिए ।
त्यसका लागि बुधबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौता अनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० थान सुट सहयोग गर्ने भएको छ । विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आइरहेको छ । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij