२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १ करोड २ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कार्तिक १९ गते मृतककी श्रीमती टिका कुमारी घिमिरेलाई १ करोड २ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले २०७८ कार्तिक २९ गते ५० लाख रुपैयाँ बराबरको बिमालेख खरीद गरेका प्रदिप ज्ञवालीको बैशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा मृतक ज्ञवालीको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको जनाएको हो ।
उक्त दाबी भुक्तानी रकम कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल एजेन्सि म्यानेजर नवराज पौडेल लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij