२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभक्त भए संगै सत्ता समीकरणको नयाँ खेल सुरु हुने संकेत देखिन थालेको छ।
त्यहि क्रममा आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालसहितको टोलीले खुमलटारमा छलफल गरेको छ ।
उता, त्यहि खेलको अर्कोतर्फ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले समेत आफ्नो भविष्य र समीकरणको निम्ति नयाँ कोणबाट भर्खरै छलफल थालेका छन् ।
प्रचण्ड पार्टीको बैठकमा जुटेका छन् र केही नयाँ निर्णय गर्ने बुझिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij