२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको माओवादी केन्द्रको बैठक पहिलो पटक बसेको हो।
माधव नेपाल पक्षसँग मंगलबार अन्तिम बैठक गरेर बिदा भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेका हुन् ।
एमालेसँग एकताअघि माओवादीको स्थायी कमिटी थिएन । आजको स्थायी कमिटी बैठकमा अदालतबाट खारेज भएको नेकपाका स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।
एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा केपी ओली पक्षमा लागेका थिए । उनीहरुले अब एमालेमै बस्ने गरी छलफल चलाइरहेका छन् ।
आजको बैठकमा पनि बादल पक्षका चार नेता सहभागी छैनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij