२०८२ माघ १२ गते सोमवार
काठमाडौं । पार्टी एकता भंग भएपछि सरकारमा सहभागी रामबहादुर थापा बादल समूहले माओवादी केन्द्र नफर्कने निर्णय गरेको छ । पार्टी एकता खारेजपछि पनि बादल लगायत माओवादीका नेताहरुले केपी शर्मा ओलीलाई साथ दिने निष्कर्ष निकालेका हुन् ।
पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको निवासमा आज बिहान माओवादीका मन्त्रीहरु छलफलमा जुटेका थिए । छलफलमा साविक माओवादी केन्द्रका मन्त्रीहरुले माओवादी केन्द्र नफर्कने, प्रधानमन्त्री ओलीलाई नै साथ दिने निष्कर्ष निकालेका हुन् ।
उनीहरु सांसद पद गएको अवस्थामा पनि केपी शर्मा ओलीलाई समर्थन गरेर जाने निष्कर्ष निकालेका छन् ।
तर त्यसअघि एमालेमा विलय हुँदा पार्टीमा आफ्नो हैसियत के हुने भन्नेबारे प्रष्ट हुनुपर्ने उनीहरुको माग छ ।
छलफलमा सहभागी एक मन्त्रीले नेपालवाचसँग भने, ‘हामीले केपी शर्मा ओलीलाई राजनीतिक एजेण्डाका आधारमा साथ दिएका हौँ, अदालतको फैसला प्राविधिक विषय हो । त्यो फैसलाकै कारण उहाँलाई दिएको समर्थन फिर्ता लिदैनौँ ।’
तर सांसद पद गएपनि पार्टीमा रहने जिम्मेवारीका सम्बन्धमा प्रष्ट हुनुपर्ने उनीहरुको माग छ ।
माओवादी केन्द्रमा नर्फकँदा हामीहरुको सांसद पद खारेज हुन्छ, त्यो अवस्थामा कसरी जाने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने ती मन्त्रीले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij