Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

फरार विजयकुमार गच्छदारलाई १५ दिन भित्र अदालतमा हाजिर गराउने यस्तो छ तयारी, के छ मुद्दा ?

फरार विजयकुमार गच्छदारलाई १५ दिन भित्र अदालतमा हाजिर गराउने यस्तो छ तयारी, के छ मुद्दा ?


  • 10.9K
    Shares

    फरार विजयकुमार गच्छदारलाई १५ दिन भित्र अदालतमा हाजिर गराउने यस्तो छ तयारी, के छ मुद्दा ?

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार एक वर्ष बितिसक्दासमेत अदालतमा उपस्थित भएका छैनन् । उनलाई बालुवाटारस्थित सरकारी जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको मुद्दामा प्रमुख योजनाकार बनाईएको छ। 

    बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेको अभियोगमा आयोगले २२ माघ ०७६ मा गच्छदारसहित एक सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    तत्कालीन भौतिक मन्त्री हुँदा सरकारी जग्गालाई व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै आयोगले प्रमुख अभियुक्तका रुपमा उनीविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

    सोही मुद्दामा बयानका लागि हाजीर गराउन विशेष अदालतले गत वर्ष २० फागुनमा गच्छदारको स्थायी ठेगाना रहेको सुनसरीको सुनसरी जिल्ला अदालतलाई भनेको थियो ।

    तर, एक वर्ष कटिसक्दा पनि न उनलाई म्याद तामेल हुन सकेको छ, न उनी आफैंले म्याद बुझेका छन् ।

    चार पटक ताकेता गर्दा पनि म्याद तामेल हुन सकेन

    म्यादै तामेल हुन नसक्दा उनको बयान हुन सकेको छैन । ४ पटकसम्म ताकेता गर्दा पनि उनलाई म्याद तामेल नभएको विशेष अदालत स्रोत बताउँछ ।

    ‘म्याद तामेल गर्न हामी जिल्ला अदालतलाई ताकेता गरिरहेका छौं, तर अहिलेसम्म तामेल हुन सकेको छैन,’ विशेष अदालत स्रोत भन्छ, ‘प्रभावशाली व्यक्ति भएकाले जिल्ला अदालतले पनि आँट नगरेको देखियो । गच्छदार आफैंले पनि म्याद बुझ्नुपर्नेमा बेवास्ता गरेको दखियो ।’

    उता सुनसरी जिल्ला अदालत भने प्राविधिक समस्याका कारण गच्छदारलाई म्याद तामेल गर्न नसकिएको बताउँछ । अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेल यही साता गच्छदारलाई म्याद तामेल हुने बताउँछन् । ‘हामी बुझ्दै छौं संभवतः यही साता उनलाई म्याद तामेल हुन्छ ।’ पोखरेलले भने ।

    स्थानीय तहमार्फत् म्याद तामेल गर्ने प्रयास भइरहेको पोखरेल बताउँछन् । म्याद तामेल भएको १५ दिनभित्र बाटोको म्यादबाहेक अदालत हाजिर हुनुपर्ने कानुनी व्यवस्था छ ।

    पोखरेलका अनुसार गच्छदारलाई म्याद तामेल गर्न उनको घर ठेगाना रहेको स्थानीय तहलाई यसअघि नै पत्राचार गरिसकिएको छ ।

    ‘हामीले यसअघि सम्बन्धित घर ठेगाना रहेको वडाको वडाध्यक्षलाई नै सम्बोधन गरेर म्याद तामेलका लागि पत्राचार गरेका थियौं ।’ पोखरेल भन्छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १३:५८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij