२०८२ माघ १२ गते सोमवार
एसएलसीसम्म पास नगर्ने सांसदको संख्या २४ हुँदा यी १२ जना सांसदले (पीएचडी)
नेपालको संघीय संसद्मा एसएलसी समेत उत्तीर्ण नगरेका सांसदहरूको उपस्थिति बाक्लो छ । कानून बनाउने थलोका रूपमा चिनिने संसदमा प्रायःजसो पढेलेखेका, उच्च शिक्षा अध्ययन गरेका व्यक्तिहरूको प्रतिनिधित्व हुने आम अपेक्षा हुन्छ। यद्यपि सांसद बन्नका लागि न्युनतम शैक्षिक योग्यता यति नै हुनुपर्छ भन्ने कुरा कुरा भने कतै तोकिएको छैन ।
संघीय संसदमा उपस्थित रहेका ३३४ जना सांसदमध्ये ६९ जना सांसदहरू अर्थात २० प्रतिशत सांसद एसएलसीसम्म मात्र पढेका वा त्योभन्दा पनि कम पढेका छन्। राष्ट्रिय सभाका ७ र प्रतिनिधि सभाका १६ जना गरेर कुल २३ सांसद एसएलसी समेत उत्तीर्ण छैनन् भने राष्ट्रिय सभामा १२ जना र प्रतिनिधि सभामा ३४ जना गरेर कुल ४६ जना सांसदहरू एसएलसी मात्र उत्तीर्ण छन्।
संघीय संसद्का ३३४ जना सांसदमध्ये २३ जना सांसदहरूले एसएलसीसम्म पनि नपढेको पाइएको छ । ४६ जना सांसदले एसएलसी मात्र उत्तीर्ण गरेका छन् भने ५५ जना सांसदहरू प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
संघीय संसदमा सबैभन्दा बढी स्नातक तह उत्तीर्ण गरेका सांसद छन्। ११४ जना स्नातक तह उत्तीर्ण, ७४ जना स्नातकोत्तर उत्तीर्ण, १ जना एम।फिल। उत्तीर्ण र १४ जना सांसद विद्यावारिधि ९पीएचडी० उपाधि प्राप्त छन् ।
प्रतिनिधि सभामा १६ जना सांसद अन्डर एसएलसी
प्रतिनिधि सभामा कुल २७५ जना सांसदहरू रहेकोमा १६ जना अन्डर एसएलसी रहेको पाइएको छ । ३४ जना सांसद भने एसएलसी मात्र उत्तीर्ण छन् भने ४१ जना प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण छन्।
सबैभन्दा बढी स्नातक तह उत्तीर्ण गरेका सांसदहरूको उपस्थिति प्रतिनिधि सभामा रहेको छ। १०४ जना सांसदहरू स्नातक तह उत्तीर्ण गरेका छन्।
६१ जना सांसदहरू स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् भने १ जना सांसद एम।फिल। उत्तीर्ण छन्। प्रतिनिधि सभा सदस्य विद्या भट्टराई एम।फिल उत्तीर्ण गरेकी सांसद हुन्।
त्यसैगरी १२ जना सांसदले विद्यावारिधि (पीएचडी) उत्तीर्ण गरेका छन्। सांसदहरू अमरेश कुमार सिंह, डिला संग्रौला (पन्त), दीपकप्रकाश भट्ट, नारायण खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, बाबुराम भट्टराई, विजय सुब्बा, भीमबहादुर रावल, मीनेन्द्रप्रसाद रिजाल, विन्दा पाण्डे, शिव माया तुम्वाहाङ्फे र सूर्यप्रसाद पाठकले विद्यावारिधि गरेका छन्।
६ जना सांसदहरू कर्मा घले, प्रकाश रसाइली (स्नेही), बीना मगर, मुकुन्द न्यौपाने, रेशमलाल चौधरी र विना देवी बुढाथोकीको शैक्षिक योग्यता भने खुल्न सकेको छैन।
राष्ट्रिय सभामा ७ जना सांसद एसएलसीभन्दा कम
राष्ट्रिय सभामा ७ जना सांसदले एसएलसी पनि उत्तीर्ण गरेका छैनन् । एसएलसी अनुत्तीर्ण वा एसएलसीभन्दा कम पढेका ७ जना सांसद राष्ट्रिय सभामा छन्। त्यसैगरी १२ जना सांसदहरू एसएलसी मात्र उत्तीर्ण छन्।
राष्ट्रिय सभामा सबैभन्दा बढी सांसदले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्। १४ जना सांसदहरू प्रवीणता प्रमाण पत्र तह मात्र उत्तीर्ण, १० जना स्नातक तह उत्तीर्ण, १३ जना स्नातकोत्तर तह उत्तीर्ण छन्।
२ जना सांसदहरू वेदुराम भुसाल र विमला राई पौड्यालले विद्यावारिधि गरेका छन्। राष्ट्रिय सभा सदस्य वामदेव गौतमको शैक्षिक योग्यता भने खुल्न सकेको छैन।
५५ देखि ६५ वर्षसम्मका सांसद सबैभन्दा बढी
संघीय संसद्मा रहेका ३३४ जना सांसदमध्ये ५५ देखि ६५ वर्ष उमेरका सांसदहरूको उपस्थिति सबैभन्दा बढी छ । ४५ वर्षभन्दा मुनिको ७४ जना, ४५ देखि ५५ वर्ष सम्मको ११६ जना, ५५ देखि ६५ वर्षसम्मको ११७ जना, ६५ देखि ७५ वर्षसम्म २५ जना र ७५ वर्षभन्दा माथि २ जना सांसदहरू छन्।
प्रतिनिधि सभामा उमेरका आधारमा ६५ देखि ७५ वर्षसम्मका बढी सांसदहरू छन्। २५ देखि ३५ वर्षसम्मका ८ जना, ३५ देखि ४५ वर्षसम्मका ५७ जना, ४५ देखि ५५ वर्ष सम्मका ९५ जना, ६५ देखि ७५ वर्षसम्मका १८ जना र ७५ वर्षभन्दा माथि २ जना सांसदहरू छन्।
त्यसैगरी राष्ट्रिय सभामा पनि ५५ देखि ६५ वर्ष उमेर समूहका सांसद बढी छन्। ३५ देखि ४५ वर्षसम्मका ९ जना, ४५ देखि ५५ वर्षसम्मका २१ जना, ५५ देखि ६५ वर्ष सम्मका २२ जना, ६५ देखि ७५ वर्षसम्मका ७ जना गरेर कुल ५९ जना सांसदहरू छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij