२०८२ भाद्र ९ गते सोमवार
तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्ध चौथो ओभरमा दुई विकेट लिँदै नेपाललाई सफलता दिलाएका छन्।
आईसीसी टी-२० विश्वकप छनोट एसिया फाइनलको सेमिफाइनलमा यूएईविरुद्ध चौथो ओभरको पहिलो सोमपाल कामीले खालिद शाहलाई ३ रनमा रन आउट गराए।
त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए।
वसिम २६ रनमा आउट भए। चार ओभरको समाप्तीमा यूएईले २ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा वृत्या अरविन्द १ र आशिफ खान शून्य रनमा नटआउट छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij