Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा


  • 2.9K
    Shares

    • images
    मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
    images

    काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

    ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो । नेपालले यसअघि यसै महिना घरेलु मैदानमै भएको त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । त्यसबेला नेपालले १६५ रनको लक्ष्य पूरा गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - १६:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij