२०८२ माघ १२ गते सोमवार
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बैठक बस्दै छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न लिन आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अहिले राजनीति परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको इकागजलाई जानकारी दिए ।
ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रचण्ड ओलीलाई हटाएर अरु कसैलाई प्रधानमन्त्री बनाउने दाउमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij