Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट

नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट


  • 2.6K
    Shares

    • images
    नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए वसिमको विकेट
    images

    काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् ।

    गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ । 

    नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

    प्रकाशित मिति :कार्तिक १ २०८० बुधवार - १२:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij