Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

'हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो' भन्दै ओलीले भीम रावलको यसरी झारे झाँको 

'हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो' भन्दै ओलीले भीम रावलको यसरी झारे झाँको 


  • 7.0K
    Shares

    'हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो' भन्दै ओलीले भीम रावलको यसरी झारे झाँको 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सोध्न सर्वोच्च अदालत जान प्रचण्ड-माधव नेपाल पक्षलाई सुझाव दिएका छन् । 

    प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू नेकपाको साधारण सदस्य पनि नरहेको बताए ।

    "हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको ?" ओलीले भने, "मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।"

    नारी दिवसका अवसरमा सोमवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, "हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ रे ! सर्वोच्चमा सोध्न जानु कुन पार्टीको हो ।"

    उनले आफूले हारे पनि सर्वोच्चको फैसलाको सम्मान गर्ने बताए ।

    "एउटा फैसला गर्‍यो अदालतको जयजयकार, अर्को फैसला के गर्‍यो राजनीतिमा हात हाल्न पाइन्छ !" प्रचण्ड-नेपाल पक्षप्रति कटाक्ष गर्दै ओलीले भने, "मैले त जुन पनि मुद्दा हारिराख्या छु । मान्या छु ।"

    सर्वोच्च अदालतले आइतवार ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिँदै एकता अघिका एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - १५:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij