Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

अफगानिस्तानमा दुई विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु

अफगानिस्तानमा दुई विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु


  • 7.7K
    Shares

    अफगानिस्तानमा दुई विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु
    images

    काठमाडौं । अफगानिस्तानको बामियान प्रान्तमा भएको दुई शक्तिशाली विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै यी घटनामा परी थप ४५ जना घाइते भएका छन् ।   

    सो प्रान्तका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बमियान सहरको मुख्य बजारको सडक छेउमा दुई बमहरु लुकाएर राखिएको थियो । सोही बम विष्फोट हुँदा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको हो । त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका छन् ।

    अफगानिस्तानको सहयोगका लागि स्विट्जरल्याण्डमा सम्मेलन चलिरहेको अवस्थामा अफगानिस्तानमा उक्त विष्फोट भएको हो । यो विष्फोट कसले गराएको हो भन्ने विषयमा भने अझै खुल्न सकेको छैन ।

    अफगानिस्तानको मुख्य विद्रोही तालिबानले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगानिस्तान र तालिबानबीच कतारमा दुई दशकदेखि मुलुकमा जारी युद्ध अन्त्य गर्न शान्तिवार्ता चलिरहेको छ ।

     

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १२:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij