Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पहिक्वःमा पुलिकिसी, मजिपा लाखे आजु र सवाद्यः

पहिक्वःमा पुलिकिसी, मजिपा लाखे आजु र सवाद्यः


  • 4.6K
    Shares

    • images
    पहिक्वःमा पुलिकिसी, मजिपा लाखे आजु र सवाद्यः

     काठमाडौं । ‘येँयाः’को अवसरमा पहिको युवा क्लव, पहिक्वःले पुलुकिसी, मजिपा लाखे आजु र सवाद्यःलाई आफ्नो टोलमा आमन्त्रण गर्यो ।

    P1A copy.jpg


     काठमाडौं–१६ खुसिबुँस्थित खुसिबुँ चोकबाट सामाजिक चोक, सोसियल ग्राउण्ड, पहिको चोक हुँदै दथुपहिक्वः पुगि समापन भएको उक्त कार्यक्रम खुसिबुँ पासा पुचः, नेपाः सेवाः पुचः र समाज कल्याण खेलकुद केन्द्रसमेतको आयोजनामा सम्पन्न भएको हो । 

    P1.jpg


     येँयाःलाई भव्यताका साथ सम्पन्न गर्नको निम्ति आयोजक संस्थाको संयुक्त आयोजनामा यही असोज ६ गते वृहत सरसफाई कार्यक्रमको समेत आयोजना गरिएको थियो । सोही अवसरमा पहिको युवा क्लव २५ वर्ष पुगेको तथा येँयाःको अवसर पारेर तयार पारिएको टी सर्ट समेत वितरण गरिएको थियो ।

    P2.jpg
     आयोजक संस्थाका अध्यक्ष सानु महर्जनले कार्यक्रम समापनको अवसरमा काठमाडौंको छुट्टै महत्व र मौलिकता बोकेको येँयाःलाई भव्यताका साथ सम्पन्न गर्नको निम्ति सोही अनुसारको तयारी गरेको जस अन्तर्गत अमृतचन्द्र श्रेष्ठ निर्देशित नेपालभाषाको चलचित्र सिरिव बञ्जाको प्रदर्शन, सरसफाई, प्रचार प्रसार तथा टीसर्ट वितरणको कार्यक्रम गरिएको बताउनु भयो । 

    P4.jpg

    प्रकाशित मिति :आश्विन ११ २०८० बिहिवार - १२:०४:३४ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij