२०८२ भाद्र २ गते सोमवार
पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक तथा सातौँ अधिवेशन आज (आइतबार) बस्दै छ। प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ। यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।
संसद् सचिवालयले आजका लागि तय गरेको सम्भावित कार्यक्रम :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij