Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेलम्चीको पानी सुन्दरीजलमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘लड्डु यस्तो बेला खाने हो’

मेलम्चीको पानी सुन्दरीजलमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘लड्डु यस्तो बेला खाने हो’


  • 9.3K
    Shares

    मेलम्चीको पानी सुन्दरीजलमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘लड्डु यस्तो बेला खाने हो’

    मेलम्ची खानेपानी आयोजनाको सुरुङमा १२ दिनअघि छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ ।

    परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरे । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो ।

    परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’

    सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुशीयाली मनाएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७७ शनिवार - १९:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij